Section 14
व्यवस्थापकले निरीक्षण गर्नु पर्ने
: (१) व्यवस्थापकले आफुसँग सम्बन्धित सार्वजनिक स्थलमा कसैले धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको सम्बन्धमा समय समयमा निरीक्षण गर्नु गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा कसैले धूम्रपान वा सूर्ति सेवन गरेको देखिएमा व्यवस्थापकले धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउनु पर्नेछ ।
(३) कुनै व्यवस्थापकले सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा सो स्थलस“ग सम्बन्धित व्यक्ति वा कर्मचारीले र सार्वजनिक सवारीका हकमा त्यस्तो सवारीका यात्रीले व्यवस्थापकलाई धूम्रपान वा सूर्ति सेवन गर्नबाट तुरुन्त रोक लगाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम व्यवस्थापकले धूम्रपान वा सूर्ति सेवन गरेमा सो थाहा पाउने वा देख्ने व्यक्तिले निरीक्षक समक्ष उजुरी गर्न सक्नेछ ।